
नेपाल क्रिकेट संघ
काठमाडौं, असाेज २६ । असोज २८ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) काे साधारण सभा स्थगित हुने भएको छ ।
कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो ।
चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।
बैठकले पहिलो पटक महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा अनुबन्धन गर्दै घरेलु क्रिकेट प्रतियोगिताको तालिका सार्वजनीक गरेको थियो ।
तर खेलाडी वर्गीकरण पारदर्शी र वैज्ञानिक नभएको भन्दै आलोचना भएपछि क्यानले खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्ने निर्णय गरेको थियो ।
क्यानले मंसिर १५ भित्र वार्षिक साधारण सभा सक्ने गरि असोज २८ गतेको तयारी स्थगित गर्ने निर्णय गरेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…