सनराईजलाई चेन्नईको १६८ रनको चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २७ गते २०७७ मा प्रकाशित


फुल टस बललाई सट हान्दै चेन्नईका कप्तान महेन्द्रसिंह धोनी ।

एजेन्सी,दुबई-चेन्नई सुपर किंग्सले छ विकेटको क्षतिमा १६७ रन बनाउँदै जितको लागि सनराईज हैदरवादलाई १६८ रनको चुनौति दिएको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल स्टेडियममा भारतीय फ्रेन्चाईज लिग(आईपिएल)को २९ औं खेलमा मंगलबार फाफ डु फ्लेसिसलाई शून्य रनमै पभेलियनको बाटो समाएपछि कमजोर बनेको चेन्नईलाई साम कुरन, सेन वाट्सन, अम्बाती रयुदुले सम्हाले । उनीहरुले गरेको योगदानमा कप्तान महेन्द्रसिहं धोनी तथा नटआउट रहँदै रविन्द्र जडेजाले पनि महत्वपूर्ण भूमिका खेले ।

कुरन ३३ बरन बनाए । २१ बल खेले । ३ चौका र दुई छक्का खातामा चढाए । सेट वाटसनले पनि मध्यक्रम सम्हाल्ने क्रममा ४२ रनको योगदान दिए । ३८ बल खेल्दै १ चौका र ३ छक्का हिर्काए । उनीसँगै रयुदुले ४१ रनको योगदान रह्यो । उनले पनि अलिल अहेमदको बलमा आउट हुनु अघि ३४ बलमा ३ चौका र २ छक्का हिर्काएका थिए ।

कप्तान महेन्द्रसिंह धोनीले २१ रन जोडे । रविन्द्र जडेजाले २५ रन जोड्ने क्रममा नटआउट रहे । सन्दीप शर्मा, खलिल अहेमद र टी नटराजन समान दुई दुई विकेट लिदाँ चेन्नईका व्याट्सम्यानले ४७ बल डट खेलेका थिए ।