
स्पीनरको बलमा डिफेन्स गर्ने प्रयास गर्दै विराट कोहली ।
सारजहा(एजेन्सी)-कप्तान विराट कोहली अर्धशतक बनाउनबाट दुईरनले चुक्दा रोयल्स च्यालेन्ज बैंग्लोरले किंग्स इलेभन पन्जाबलाइ १७२ रनको चुनौति दिएको छ । सारजहा क्रिकेट मैदानमा भारतीय फ्रेन्चाईज लिग(आईपिएल) बिहीबार राती भएको प्रतिस्पर्धामा मोहम्मद सामीको बलमा आउट हुदाँ कप्तान कोहली ४८ रनमा खेलिरहेका थिए । कप्तान जिम्मेवारी पुरा गर्ने ध्येय देखिएपछि उनको पतनले किंग्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
टस जितेर व्याटिंग शुरु गरेको रोयलले ओपनर आरोन फिन्च र देवदत्त पड्डीकलको जोडीलाई छिटै आउट गरेपछि किंग्सले मध्यम लक्ष्य सामना गर्ने तयारी गरेको हो । फिन्चलाई २० र पड्डीकललाई १८ रनमै क्रमश मुरुगान अश्विन र अक्शरदिप सिंहले आउट गरेका थिए । तेस्रो नम्बरका आएको कोहलीलाई पनि सामीले ४८ रनमा आउट गरेपछि रोयलको व्याटिंग प्रभावकारी भने देखिएन् । ३९ बल खेल्दै कोहलीको खातामा केवल ३ चौका मात्रै लेखिन पुग्यो ।
वासिंटन सुन्दर र सुभम दुवेले १३ र २३ रन बनाउँदै योगफल उकास्ने प्रयासरत रहे । तर १८ औं ओभरमा लगातार दुई विकेट गुमाएपछि रोयलले क्रिस मोरिसको नटआउट २५ रनको योगदानमा ६ विकेटको क्षतिमा १७१ रनको प्रतिस्पर्धात्मक स्कोर तयार पार्यो । सामी र मुरुगान अश्विनले दुई दुई विकेट लिएका थिए । सामी निकै खर्चिला बलर समेत देखिए । उनले ४ ओभरमा ४५ रन खर्चिएर दुई विकेट नाममा राखे ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…