
पोखरा रंगशाला प्रवेशद्वार
पोखरा-पोखरा रंगशाला प्रवेशको लागि खुलेको छैन् । तर रंगशालाभित्र इण्डोर तथा आउटडोरका खेलहरुको प्रशिक्षण भने शुरु भईसकेको छ । प्रशिक्षण शुरु गरिएपछि रंगशाला प्रवेशमा बन्देज भने छैन् । तर आधिकारिक रुपमा पोखरा रंगशाला भने प्रशिक्षणको लागि भने खुलाइएको छैन् । खेलाडीहरु नै स्वयं प्रशिक्षण गर्न प्रवेश गर्दै आएका छन् । उनीहरुलाई रोकतोक गरिएछैन् ।
जिल्ला खेलकुद विकास समिति कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा राष्ट्रिय खेलकुद परिषदको खुलाइएको निर्देशन एवं पत्रचारको पखाईमा छ । पत्राचार एवं निर्देशन नभईकन आधिकारिक रुपमा पोखरा रंगशालाभित्र प्रशिक्षण गर्न पाईदैन् । समूहगत खेललाई प्रशिक्षण नगराउन राखेपले कोभिड–१९को त्रासकैकारण रोक लगाउँदै आएको छ ।
जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार राखपेको आधिकारिक सूचना आईसकेको छैन् । ‘परिषदको सूचना आईसकेको छैन् । आधिकारीक रुपमा पोखरा रंगशाला खुला भएको छैन्’ उनले भने–‘व्यक्तिगत रुपमा प्रशिक्षण गर्न आउने खेलाडीलाई भने रोकेका छैनौं ।’
त्रासकै बीचमा पोखरा रंगशालाभित्र भलिबल, बास्केटबल, टेनिस, व्याडमिन्टन, मार्शल आर्टस तथा स्क्वास खेलको प्रशिक्षण एवं खेल्न शुरु भएको छ । यसले रंगशालाका हलहरुमा व्यस्तता बढिसकेको छ । विहान र साँझमा प्रशिक्षण एवं खेल्ने खेलाडीहरुको जमघटले पोखरा रंगशाला खेलाडीमय हुदैं गएको छ । स्वास्थ्यका लागि खेलकुद नारालाई सार्थक दिन यतिबेला खेलाडी मात्रै नभई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ समेत फुर्सद निकालेर रंगशाला आउने गरेका छन् ।
मन्त्री गुरुङ स्क्वास खेल्दै आएका छन् । उनको खेलप्रतिको अभिरुचीले युवापुस्तामा उर्जा र हौसला थपिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले बताए । ‘मन्त्रीज्यूको आगमनले युवापुस्तालाई खेलकुदप्रति उत्साह जगाएको भान गरेका छौं ।’ उनको भनाई थियो । मन्त्री गुरुङ पछि नियमित रुपमा स्क्वास खेल्न पोखरा रंगशाला आउने गरेका छन् । उनले रंगशालाभित्र दुईघण्टा विताउँछन् । ‘कार्यक्रमले व्यस्तता भए र पोखरा बाहिर गएको अवस्थामा मात्रै खेल्न भ्याउन्न नत्र सधै जसो स्क्वास खेल्न आउँछु ।’ मन्त्री गुरुङको भनाई थियो । उनका अनुसार स्क्वासको खेल्न कुर्नुपर्छ ।
क्रिकेटका अन्तर्राराष्ट्रिय खेलाडी करण केसी पनि नियमित जसो प्रशिक्षणको लागि पोखरा रंगशाला क्रिकेट मैदान छिर्छन् । बनाइएको नेटमा प्राक्टिस गर्ने उनको दिनचर्या नै हो । ‘नेटमा युवाहरु प्राक्टिस गर्न आउँछन् । करण केसी आउँदा युवाहरुलाई अझै उत्साहित बनाएको छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल बताउँछन् । बास्केटबलका प्रशिक्षक प्रदिप रसाईलीले पनि खेलाडीहरुलाई कोर्टमा प्रशिक्षण दिदैं आएका छन् ।
राखेपले काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण खेलको लागि स्वीकृति प्रदान गरेको छ । यसले फुटबलको गतिविधि चलमलाउने छ । एन्फाले फुटबल प्रशिक्षणको लागि राखेपसँग स्वीकृति दिन आग्रह गर्दै आएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…