
कास्कीका ९ वटै ताललाई जोड्ने गरी साईकल ट्रयाक
पोखरा-पोखरा महानगरपालिकाले कास्कीका ९ वटै ताललाई जोड्ने गरी साईकल ट्रयाक निर्माणको प्रारम्भिक अध्ययन शुरु गरेको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग तथा साईकल सिटीको सहयोगमा साईकल ट्रयाक निर्माणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको हो । साईकल सिटी पोखराले प्रारम्भिक अध्ययन गर्दै म्याप बनाउने, भ्यु प्वाईन्ट राख्ने, रेखाकंन गर्ने लगायतका कामहरु गरेको छ । ‘बाराहीघाटबाट शुरु भएको ट्रयाक महानगरकै १६ वटा वडालाई छुन्छ ।’ साईकल सिटी पोखराका आजिवन सदस्य चिन्तामणि बास्तोलाले सुनाए–‘बाराहीघाटमै आएर ट्रयाक र रुट टुग्याईने गरी रेखाकंन गरिदै छ ।’ साईकल ट्रयाक निर्माण गरेपछि साईकलको यात्रा ताल टु ताल हुने छ । साईकल ट्रयाक निर्माण संघीय, प्रदेश तथा पोखरा महानगरपालिकाले चासो दिएको छ ।
शहरी क्षेत्रमै भएको सडकलाई मार्किङ गरेर साईकल ट्रयाकको लागि लेन बनाईने छ । ४० किलोमिटरको दुरी रेखांकन गर्दै सूचना बोर्डहरु राखिने साईकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले सुनाए । ‘९ वटा ताल जोड्ने ९८ किलोमिटरको साईकल ट्रयाक बन्ने प्रारम्भिक अध्ययनले देखाएको छ’ पोखरा महानगरपालिका शहरी योजना आयोगका प्रमुख रामचन्द्र लामिछानेले भने–‘ट्रयाक भएको ठाँउमा रेखांकन गर्ने र नभएको ठाँउमा नयाँ ट्रयाक बनाइने छ ।’ साईकल ट्रयाक निर्माणको लागि अध्ययन गर्न महानगरपालिकाले यसै आर्थिक वर्षको लागि १५ लाख रुपैयाँ छुट्टाएको छ ।
बाराहीघाटबाट शुरु हुने ट्रयाकले महानगरकै काहुडाडाँ हुदैं कन्दनी डाडाँ, जलधारे, सुन्दरीडाडाँ लगायतका उचाईमा पुगिन्छ । फेवाताल–कमलताल(कमलपोखरी),गुँदे, खास्टे, न्युरेनी, मैदी, दिपाङ, बेगनास र रुपाताललाई छुने छ । त्यसपछि ट्रयाक पोखरा महानगरपालिका–३३ भरतपोखरी हुदैं कृस्ति, निर्मलपोखरी, पुम्दीकोट हुदैं ड्यामसाईडबाट बाराहीघाटमै आएर टुंगिने छ । ‘कहाँ कहाँ साईकल ट्रयाक बनाउन सकिन्छ त्यो महानगरपालिकाले अध्ययन गर्नुपर्छ’ साईक्लिङ संघका निवर्तमान अध्यक्ष दिलिपराज श्रेष्ठले भने–‘महानगरपालिकाले आफैंले योजना बनाई म्यापिङ गरी बनाउने तर्फ ध्यान दिनुपर्छ ।’
उनका अनुसार साईकल ट्रयाक सबै तालमा बनाउन जरुरी छ । ‘पोखराकै नौ वटै तालको वरिपरी साईकल ट्रयाक बनाउनुपर्छ’ उनले भने–‘एकातिर तालको संरक्षण हुने छ अर्कोतिर पर्यटन प्रवद्र्धनमा नयाँ आयाम बन्ने छ ।’ भईरहेको ट्रयाकलाई व्यवस्थित र नभएको ठाँउमा नयाँ ट्रयाक बनाउनुपर्नेमा उनको जोड थियो । साईक्लिङ साहसिक खेल हो । गण्डकी प्रदेश नै साहसिक खेलको उर्वरभूमी भएको उल्लेख गर्दै साईक्लिङ संघका निवर्तमान अध्यक्ष श्रेष्ठले थपे–‘महानगर, गण्डकी प्रदेशले नै अपनत्व लिनुपर्छ । साईक्लिङ प्रतियोगिता आयोजना गरेर प्रभावकारी बनाउन जरुरी देखिन्छ ।’


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…