
gold medalist
काठमाडौं,-नेप्लिज तेक्वान्दो एकेडेमी एनटीए का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।
भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । उनले ६।७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै समान ६।७६ अंक जोडेपनि महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । प्रेजेन्टेसनका आधारमा महेश पछि परेका हुन् । प्रेजेन्टेसनमा भिजनले ३।८३ तथा महेशले ३।८० अंक जोडे ।
युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । उनले ६।३० अंक बटुले । सोही स्पर्धाको महिलामा ६।६३ अंकसाथ मेलिना राईले शीर्ष स्थान हात पारिन् । ६।३६ अंकसाथ प्रगति कुइकेल दोश्रो भइन् ।
पुरुष १४ वर्षमा ६।०६ अंक जोड्दै प्रजुन कुइकेल पहिलो भए । पुरुष १२–१४ वर्षमा आयुश ढुंगेल दोश्रो भए । उनले ५।९३ अंक ल्याए ।
एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे । सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिस्पर्धा गरेका थिए । आयुश बोहरा र प्रशन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । ६।२६ अंकमा प्रशन्न पाँचौं तथा ५।९० अंकमा आयुश छैटौं भए ।
प्रतियोगितामा एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एसियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक भएको बताइएको छ ।
प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए । प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…