
काठमाडाैं, कात्तिक ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक दशैंपछि मात्र बस्ने भएको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै बोर्ड बैठक दशैंपछि मात्र बस्ने भएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले संख्या धेरै भएकाले दशैं अघि बोर्ड बैठक बस्ने सम्भावना नरहेको बताउनुभयो ।
खेलकुद ऐन अनुसार परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने उल्लेख छ । सदस्य सचिवले अध्यक्ष तथा खेलकुद मन्त्रीसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूची सहितको सूचना बैठक हुनु ७ दिनअघि सबै सदस्यलाई पठाउनुपर्ने उल्लेख छ ।
बोर्डले मुख्य रुपमा परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने ऐनमा उल्लेख छ । ऐन कार्यान्व्यनमा आएको झण्डै ४ महिना बित्न लाग्दा समेत बोर्ड बैठक बस्न सकेको छैन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…