
नवनियुक्त बोर्ड सदस्यद्वारा शपथ ग्रहण
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
मन्त्रीपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी श्रेष्ठलाई मनोनित गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्यहरु कुनै न कुनै भूमिकामा खेल क्षेत्रसंग सम्बन्धित भएकाले खेल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न उहाँहरुको योगदान महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
सोही अवसरमा डिएन घिसिङद्वारा लिखित खेल जीत मनोविज्ञान पुस्तकको पनि मन्त्री विश्वकर्माले विमोचन गरेका थिए । शपथपछि मन्त्री विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाललगायतका पदाधिकारीको उपस्थितिमा नवनियुक्त सदस्यहरुसंग छलफल गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…