
धोनीले आईपिएल को ३७ औं खेलमा २०० औं खेल पुरा
अबुधावी (एजेन्सी)-चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनीले भारतीय फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल)को ३७ औं खेलमा २०० औं खेलको कोशेढुंगा पुरा गरेका छन् । आईपिएलको २ सयौं खेल खेल्ने उनी एकमात्र भारतीय क्रिकेटर बन्दै इतिहास रचेका छन् ।
सोमबार अबुधावीको जायद क्रिकेट मैदानमा राजस्थान रोयल्स विरुद्धको खेलमा पाँचौ नम्बरमा व्याटिंग गर्न आउँदै २०० औं खेल खेल्ने पहिलो भारतीय क्रिकेटरको रुपमा इतिहास बनाएका हुन् । टी( ट्वान्टीमा उनको सहभागिता भने ३२७ खेल हो । धोनीले चेन्नईको लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको रुपमा समेत परिचित छन् । उनले चेन्नईबाट १९४ खेल खेलेका छन् ।
धोनी पछि सर्वाधिक आईपिएल खेल्ने खेलाडीको सूचीमा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा छन् । उनले आईपिएलमा १९७ खेल खेलिसकेका छन् । सुरेश रैना १९३ खेल र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने चौथो स्थानमा छन् । कोहलीले १८६ खेल खेलका छन् भने पाँचौ नम्बरमा रविन उथप्पा छन् । उनले १८४ खेल खेलिसकेका छन् ।
आईपिएल खेल्ने विदेशी खेलाडीको हकमा सबैभन्दा बढी खेल्ने खेलाडीमा एबी डि भिलियर्स छन् । उनले १६३ खेल खेलेको तथ्यांक छ । दोस्रो नम्बरमा केईरन पोलार्ड छने् । पोलार्डले १५७ खेल खेलेका छन् । ५ हजार रन कटाउने विदेशी खेलाडीमा अष्ट्रेलियन क्रिकेट डेविड वार्नरको नाममा छ । उनले आईपिएलमा कोलकोत्ता विरुद्धको खेलमा ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी समेत बने ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…