
व्याटिंग गर्ने क्रममा शिखर धवनको एक्सन ।
दुबई,एजेन्सी-शिखर धवनको शतकीय पारीको योगदानमा दिल्ली क्यापिटल्सले दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मंगलबार आईपिएलको ३८ औैं खेलमा किंग्स इलाभेन पन्जाबलाई १६५ रनको लक्ष्य दिएको छ ।
ओपन धवनले शतकीय पारी खेल्दा अर्का ओपनर पृथ्वी शा भने ७ रनमै पभेलियन फर्किएपछि दिल्ली दबावमा देखिएको थियो । धवनसँग दोस्रो विकेटको रुपमा कप्तान श्रेयस अएरले पनि खासै साथ दिन सकेनन् ।
उनी पनि केवल १४ रनमै आउट भएपछि धवनकै काँधमा जिम्मेवारी थपिन पुग्यो । तेस्रो विकेटको रुपमा रिसभ पन्त आउट भए । पन्तसँग पनि धवनको जोडी क्रिजमा लामो समय टिक्नै सकेन् । पन्त पनि १४ रनमा आउट भएपछि दिल्ली एकपछि अर्को गरी आउट हुन पुग्यो । मार्कस स्टोनी पनि ९ रनमै आउट भएका थिए ।
धवनले ठोस इनिंग्स खेल्ने क्रममा ५७ बलमा शतक पुरा गरेका थिए । उनको इनिंग्समा १२ चौका र ३ छक्का स्कोर कार्डमा लेखिएको थियो । धवनले ६१ बल खेल्दै १०६ रन बनाई क्रिजमा रहँदै अविजित रहे ।
ग्लेन म्याक्सेवल, मोहम्मद शामीले दुई तथा जिम्मी निसम र मुरुगान अश्विनले एक एक विकेट लिएका थिए । अन्तिम ओभरमा सिमरन हेटमायर १० रन बनाउने क्रममा सामीको बलमा आउट हुर्दै दिल्लीले ५ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पार्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…