
विकेटको अपिल गर्दै वाशिंटन सुन्दर ।
अबुधावी(एजेन्सी)-कोलकोत्ताले आईपिएलको पहिलो इनिंग्सको १२० बल मध्ये ७२ बल डट खेलेको छ । रोयल्स च्यालेन्ज बैंग्लोरका बलर मोहम्मद सिराजले भारतीय फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल)मा उत्कृष्ट बलिंग गर्दै इतिहास कोरेका छन् । उनले केवल ४ ओभरमा ८ रन दिएर ३ विकेट लिएका छन् ।
आईपिएलकै इतिहासमा यो सबैभन्दा कम स्पेलको बलिङ हो । कोलकोत्ता नाईट राइर्डस विरुद्धको बलिङमा उनले इकोनोमी २ रहेको छ । । उनले फ्याँकेको २४ बल मध्ये १६ बल हुन पुग्यो । कोलकोत्ताले बैंग्लोरका बलरको बल खेल्नै सकेनन् । बुधबारको प्रतिस्पर्धामा अधिकांश बलर व्याट्सम्यानमाथि हावी भएका थिए ।
युजभेन्द्र चाहलले पनि ४ ओभरमा केवल १५ रन दिई २ विकेट लिए । वासिंटन सुन्दरको पनि बलिङ उस्तै रह्यो । ४ ओभरमा १४ रन मात्रै खर्चिएर १ विकेट लिए । क्रिस मोरिसले पनि उत्कृष्ट बलिंगलाई निरन्तरता दिने क्रममा ४ ओभरमा १६ रन खर्चिए । कोलकोत्ताको इनिंग्समा सर्वाधिक रन बनाउने क्रममा इओन मोर्गानको नाममा रह्यो । उनले ३० रन जोडे । लोक्की फर्गुसनले अविजित १९ रनको योगदान रहदाँ कुलदिप यादवले १२ रन बनाएका थिए ।
बुधबार अबुधावीस्थित जायद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर व्याटिंग गरेकोकोलकोत्ताले ८ विकेटको क्षतिमा ८४ रन जोड्यो । ८५ रनको लक्ष्य बैंग्लोरले पायो । तीन वर्ष अघि बैंग्लोरले नै कोलकोत्ता विरुद्ध केवल ४९ रन मात्रै बनाएको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…