एनबीए: लेकर्ससँग हिट १८ स्कोरले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


Los Angelos Lakers

एजेन्सी । एनबीए (बास्केटबल) अन्तर्गत बिहीबारको प्रतिस्पर्धामा लस एन्जलस लेकर्सले मियामी हिटलाई ११६-९८ स्कोरले पराजित गरेको छ । खेल १ अन्तर्गत भएको प्रतिस्पर्धामा अन्तिम क्वार्टरमा मियामी हिटले लेकर्सलाई ३१-२३ स्कोरले पछि पारेपनि जित निकाल्न भने सकेन् ।

पहिलो क्वार्टरमा लेकर्सले ३१-२८ स्कोरले पछि पारेको थियो । पहिलो क्वार्टरमा केवल तीन अंकले पछि परेको मियामीले दोस्रो क्वार्टर पनि केही फराकिलो अन्तर हुन पुग्यो । दोस्रो क्वार्टरमा हिटको अधिकांश बल बास्केट हुन सकेन् ।

दोस्रो क्वार्टर ३४-२० ले पछि परेपछि हिट दबावमा रह्यो । तेस्रो क्र्वाटरमा पनि २८-१९ को स्थितिमा पछि पर्यो । चौथो क्र्वाटरसम्म आईपुग्दा २६ स्कोरले पछि परेको थियो । अन्तिम क्र्वाटरमा खेलमा फर्किने सम्भावना भने हिटलाई निकै कठिनाई थियो । अन्तिम क्र्वाटरमा ७ स्कोर बढी गरेपछि जितको सम्भावना भने रहेन् ।