
एजेन्सी-भारतीय क्रिकेट महेन्द्रसिंह धोनीले आज भारतीय फ्रेन्चाईज लिग आईपिएलमा ४५ सय रनको आँकडा पुरा गरेका छन् । सनराईज हैदरावाद विरुद्धको खेलमा उनले रसिद खानको बलमा चौका हान्दै २४ रन पुरा गरेर ४५ सय रन बनाएका हुन् ।
सन २००८ बाट डेब्यु गरेको धोनीले आईपिएलको १९४ औं खेलमा ४५ सय रनको आँकडा पुरा गरेका हुन् । मुम्बई इण्डियन्सका रोहित शर्माले भने ५ हजार रन पुरा गरिसकेका छन् । चेन्नई सुपरकिंग्सबाट उनले १६४ खेल खेलका छन् भने सन २०१३ मा चेन्नई स्पोट फिक्सिंग स्क्याण्डलको आरोप सन २०१६ र २०१७ मा प्रतिबन्धमा परेपछि धोनीले राईजिंग पुणे सुपरस्टारबाट ३० खेल खेलेका थिए ।
उनी सर्वाधिक आईपिएल(क्याप जित्ने) भारतीय खेलाडी समेत हुन् । १२ वर्ष अघि आईपिएलमा डेब्यु गरेका धोनीको सर्वाधिक उच्च स्कोर भने ८४ रन रहेको छ । सन २०१९ मा उनले हिर्काएको यो नै सबैभन्दा बढी रन थियो ।
आईपिएलको करियरमा उनले २१२ छक्का हिर्काएका छन् चेन्नई सुपर किंग्सका कप्तान समेत रहेका धोनीले टी-२० क्रिकेटमा भने २९८ छक्का हिर्काएका छन् । भारतीय क्रिकेटमा ३ सय छक्का हिर्काउने रोहित शर्मा(३७१) र सुरेश रैना(३११) रहेका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…