दिल्लीको तेस्रो जित, कोलकोत्ता १८ रनले पराजित

- आईपिएल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १७ गते २०७७ मा प्रकाशित


delhi captain Shreyas

एजेन्सी-फ्रेन्चाईच लिग (आईपिएल) अन्तर्गत आज शनिबार सन्दीप लामिछानेको टोली दिल्लीले आफनो चौथो खेलमा कोलकोत्ता नाईट राईडर्सलाई १८ पराजित गरेको छ । कप्तान श्रेयस एयरले नटआउट ८८ रनको ठोस ईनिङमा दिल्लीले आफनो पाली समाप्त गर्दा चार विकेटेका क्षतिमा २२८ रनको विशाल योगफल तयार पार्यो ।

कप्तान एयरले ३८ बल खेल्दै नटआउट ८८ रन बनाउँदा दिल्लीले फराकिलो लक्ष्य प्रस्तुत गरेको हो । एयरको व्याटबाट ७ चौका र ६ छक्का निस्किदा दिल्लीका ओपनर पृथ्वी सहले अर्धशतक पुरा गरेका थिए ।

पहिलो विकेटको लागि ५५ रनको साझेदारी हुदाँ फराकिलो लक्ष्य निस्कने सम्भावना देखिएको थियो । पृथ्वी र शिखर धवनले पहिलो विकेटको लागि ५५ रनको साझेदारी गरे । पहिलो विकेटको रुपमा शिखर २६ रनमा पभेलियन फर्किए । उनले १६ बल खेल्दै दुई चौका र दुई छक्का हिर्काएर आए ।

पृथ्वी व्यक्तिगत ६६ रनमा आउट हुदाँ दिल्ली दुई विकेटको क्षतिमा १२९ को स्थितिमा थियो । पृथ्वीले ४१ बल खेल्दै चार चौका र चार छक्का हानेका थिए ।

त्यसपछिको इनिङ कप्तान एयरले सम्हाले । उनलाई रिसब पन्तले साथ दिए । रिसबले तेस्रो विकेटको रुपमा ३८ रनको योगदान गर्दै आउट भए । कोलकोत्ताका आन्द्रे रसेलले दुई विकेट लिएका थिए । २२९ रनको लक्ष्य पछ्याएको कोलकोत्ता जिततर्फ उन्मुख भएपनि २१० रनमा समेटिदैं १८ रनले पराजित हुन पुग्यो ।

हर्ष पटेलको बलमा आउट हुनु अघि अर्धशतक पुरा गरिसकेका नितिन रानाले ५८ रनको महत्वपूर्ण पारी खेले । पहिलो विकेट नै ८ रनको स्थितिमा सुनिल नरानेलाई गुमाएको कोलकत्ताको इनिङ सम्हल्ने जिम्मेवारी नितिनकै काँधमा आईपर्यो ।

नाराने केवल ५ बल मात्रै सामना गर्न भ्याए । दोस्रो विकेटको रुपमा सुभम लिग २८ रन बनाउँदा २२ बल खेल्दै दुई चौका र एक छक्का हाने । ईओन मोर्गान र राहुल त्रिपाठीले जितसम्म डोहोर्याएका थिए । मोर्गानले ४४ र त्रिपाठीले ३६रन हिर्काए । मोर्गानले १८ बलमा ४४ रन बनाउँदा त्रिपाठीले १६ बलमा ३६ रन ठोके । मोर्गानले कासिगो राबडाको ओभरमा तीन छक्का हिर्काउँदै रन रेट ह्वात्तै घटाईदिए ।

३ ओभरमा ५४ रन चाहिएको अवस्थामा मोर्गानले तीन छक्का हिर्काएपछि राबडा आफनो चार ओभरको स्पेलमा ५१ रन खर्चिएर एक विकेट लिन भ्याए । तर १९ औं ओभरको पहिलो बलमा मोर्गान एनरिच नोर्टजेको बलमा क्याच आउट भएपछि साझेदारी टुटेको थियो ।

त्रिपाठी समेत ३६ रनमा पभेलियन फर्किएपछि कोलकोत्ताको जीतको सम्भावना टर्दै गएको थियो । दिल्लीका एनरिचले तीन विकेट लिएका थिए । हर्षल पटेलले दुई विकेट लिएका थिए ।