
बास्केट गर्ने क्रममा मियामी हिटका जिम्मी बटलर ।
एजेन्सी-एनबीए अन्तर्गत लस एन्जलस लेकर्स र मियामी हिटको तेस्रो खेलको सिरिजमा मियामी हिटले सिरिज २-१ मा छोट्याएको छ । तेस्रो खेल खेल्ने क्रममा जिम्मी बटलरको उत्कृष्ठ प्रदर्शन गरेपछि लेकर्स विरुद्धको खेल ११५-१०४ को स्कोरमा पराजित गरेको हो ।
बटलरले व्यक्तिगत ४० स्कोर गर्दा १३ असिष्ट गरेका थिए ।
पहिलो क्वार्टरदेखि नै अग्रता लिएको हिटले त्यो लयलाई चौथो क्र्वाटरसम्म कायम राख्यो । पहिलो क्र्वाटरमा २६-२३ को झिनो स्कोरले अग्रता लियो ।
दोस्रो क्वार्टरमा पनि हिटले अझ कम स्कोरको अग्रता लिने क्रममा ३२-३१ को स्थितिमा टुंग्यायो । तेस्रो क्र्वाटरमा पनि २७(२६ को स्थितिमा अग्रता कायम राख्यो । अन्तिम क्वार्टरमा ३०-२४ स्कोर निकाल्दै जित पक्का गर्यो । तीन खेलको सिरिज २-१ को स्थितिमा झार्यो । लेकर्सका लागि लिब्रोन जेम्सले सर्वाधिक २५ स्कोर गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…