दिल्ली ५७ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


खेल सकिएपछि हात मिलाउँदै दिल्ली र मुम्बईका खेलाडीहरु ।

दुबाई(एजेन्सी)-दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इण्डियन्स यो सिजनको आईपिएलको फाईनल प्रवेश गरेको छ । २०१ रनको लक्ष्य पछ्याएको दिल्ली ८ विकेटको क्षतिमा १४३ रनमा समेटिदैं पराजित हुन पुग्यो ।

मार्कस स्टोनिसले अर्धशतकीय पुरा गर्ने क्रममा ६५ रनको योगदान दिएपनि जित सम्भबन हुन सकेन् । पहिलो दुई ओभरमै तीन विकेट गुमाएको दिल्लीलाई मार्कसले उकास्ने प्रयास गरे । उनले ६ चौका र ३ छक्का हिर्काउँदै सानदार व्याटिंग गरे । तर उनीसँग साझेदारी गर्ने व्याट्सम्यानको अभावले दिल्ली सस्तैमा समेटिन पुग्यो ।

अक्षर पटेलले ४२ रनको योगदान दिदाँ कासिगा राबडाले १५ रन मात्रै जोड् । अन्य व्याट्सम्यानको योगदान भने शून्यजस्तै रह्यो । दिल्लीलाई ध्वस्त पार्ने क्रममा जसप्रित बुमराहले ४ विकेट लिए । टोरेन्ट बोल्टले दुई विकेट लिए । महत्वपूर्ण खेलमा जसप्रित र टोरेन्टले एक एक ओभर मेडन राखेका थिए ।

कप्तान रोहित शर्मा गोल्डेन डकआउट हुदैं क्रिज छाडेपछि मुम्बई इण्डियन्सले आईपिएल अन्तर्गत बिहीबार दुबाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर प्रतिस्पर्धामा दिल्ली क्यापिटल्स समक्ष २०१ रनको चुनौति पेश गरेको थियो ।

रविचन्द्र आश्विनको बलमा एलबीडब्लुको धरापमा पर्दै आउट भएपछि मुम्बईले दोस्रो विकेटको लागि क्विनडि कक र सुर्यकुमार यादबले ६२ रनको साझेदारी गर्दै उकासेका थिए । यादबले अर्धशतक पुरा गर्दा डि ककले पनि सानदार ओपनिंग गरे । यादवले ५१ रन बनाई आउट हुदाँ छ चौका र २ छक्का हिर्काएका थिए । डिककले पनि ४० रनको इनिंग खेल्ने क्रममा २५ बल खेल्दै ५ चौका र १ छक्का व्याटबाट निस्किएको थियो ।

?उश्रमध्यक्रमका इशान किसनले अविजित ५५ रनको योगदान दिदाँ मुम्बईले बलियो योगफल तयार पारेको थियो । यादव र डिकक आउट भएपछि इनिंग सम्हालेका इशानले केइरन पोलार्ड र कुर्नाल पाण्डेसँग भने खासै साझेदारी निभाउन भने सकेनन् । पोलार्ड पनि शून्यमै आउट हुदाँ केही दबावमा रहेको मुम्बईले पाण्ड्यालाई पनि सस्तैमा गुमाउन पुग्यो । किसनले हार्दिक पाण्डेसँग ६० रनको साझेदारी निभाए ।

?उश्रपाण्ड्याले १४ बल मात्रै खेल्ने क्रममा अविजित ३७ रन हिर्काएका थिए । एनरिच नोर्टजेको खराब बलिंग रह्यो । चार ओभरमा ५० रन दिदैं एक विकेट नाममा लेखाए । डानियल सामले ४४ रन खर्चिए । कासिगो राबडाले पनि ४२ रन खर्चिए ।