मुम्बईलाई दिल्लीको १५७ रनको लक्ष्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित


ऋषभ पन्त व्याटिंग गर्ने क्रममा ।

दुबाई(एजेन्सी)-आईपिएलको फाईनलको पहिलो इनिंग टुग्याएको दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार दुबाईस्थित दुबाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाईनलमा कप्तान श्रेयर ऐरले कप्तान इनिंग्स खेल्दै दिल्लीलाई मध्यम लक्ष्यको अवस्थासम्म ठोहोर्याए । ्

निकै कमजोरस्थितिमा रहेको दिल्लीलाई तेस्रो विकेटको लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ९६ रनको साझेदारी गर्दै दिल्लीलाई उकास्ने प्रयास गरे । मार्कस स्टोईसिन गोल्डन डक आउट भए । उनी टोरेन्ट बोल्टको बलमा आउट भएपछि दबावमा रहेको दिल्लीले दोस्रो विकेट पनि सस्तैमा गुमायो ।

अजिंक्य राहाणेलाई २ रनमा गुमाएको पीडालाई शिखर धवनले पनि कम गर्न सकेनन् । धवन पनि १५ रनमा आउट हुदाँ दिल्ली खराब स्थितिबाट माथि उठ्ने प्रयास गर्यो । कप्तान ऐर र ऋषभ पन्तले ९६ रनको साझेदारी गरेपछि दिल्ली सम्हालिएको स्थितिमा पुग्यो ।

पन्तले ५६ रन बनाई आउट हुदाँ दिल्ली सम्मानजनक स्कोर तर्फ अग्रसर रह्यो । ३८ बलमा ४ चौका र ८ हिर्काउँदै फाईनल इनिंग खेले । पन्त र ऐरको बाहेक अन्यको साझेदारी लामो समय टिक्नै सकेन् र्र्। अघिल्ला खेलहरुमा खराब प्रदर्शनको आरोप खेपेका ऐरले कप्तानी इंनिग सम्हाल्ने क्रममा ६५ रन बनाए ।

५० बलमा ६चौका र २ छक्का हिर्काउँदै फाईनलमा व्याटिंग सुधारे । मध्यक्रममा आएका हेटमायर र अक्षर पेटल समेत सस्तैमा आउट भएपछि दिल्लीले ७ विकेटको क्षतिमा १५६ रन बनाउँदै मध्यम लक्ष्य मुम्बई सामु प्रस्तुत गरेको छ । बोल्टले तीन विकेट लिए ।