
जितपछि खुशीले उफ्रिदैं क्रुनाल पाण्ड्या ।
दुबाई(एजेन्सी)-रोहित शर्माले कप्तानी इनिंग खेलेपछि १३ औं सस्करणको आईपिएलको उपाधिमा मुम्बई इण्डियन्सले रक्षा गरेको छ । पहिलो पटक फाईनलमा पुगेको दिल्लीले दिएको १५७ रनको लक्ष्यलाई पाँच विकेटको क्षतिमा १८.४ ओभरमा पुरा गर्दै मुम्बईले दुबाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा उपाधि उचाल्यो ।
मंगलबारको प्रतिस्पर्धामा मुम्बईले शर्मा र क्विन डि ककले पहिलो विकेटको लागि ४५ रनको साझेदारी निभाए । शर्माले दोस्रो विकेटको लागि सुर्यकुमार यादवसँग ४५ रनकै साझेदारी गर्दै उत्कृष्ट व्याटिंग लयलाई निरतन्रता दिए । डिकक २० र यादव १९ रनमा आउट भएका थिए ।

यद्यपी शर्माले इनिंग सम्हाल्ने क्रममा अर्धशतकीय पुरा गर्दै जितको हकदार बनाए । शर्माले ५ चौका र ४ छक्का हिर्काउँदै ५१ बलमा ६८ रनको इनिंग खेल्दै जितको आधार तयार पारे । शर्मा एनरिच नोर्टजेको बल क्याच आउट भएका थिए । उनले तेस्रो विकेटको लागि इशान किसनसँग महत्वपूर्ण साझेदारी निभाए । जोडीले ४७ रन बनाएको थियो ।
- आईपिएलमा सर्वाधिक रन –केएल राहुल(किग्स इलाभेन पन्जाब) ६७०रन/ १४ खेल
- सर्वाधिक विकेट कासिगो राबडा( दिल्ली क्यापिटल्स) ३० विकेट/ खेल १७
- सर्वाधिक स्कोर–केएल राहुल(१३२ रन)
- बरुण चक्रबर्ते-बेष्ट बलिंग फिगर ५/२०
- मोष्ट भ्याुएबल खेलाडी -जोफ्रा आर्चर
- फेयर प्ले-( मुम्बई इण्डियन्स)
किसनले शर्मालाई साथ दिर्दै अविजित ३३ रन बनाए । उनले १९ बल खेल्दै तीन चौक र एक छक्का हिर्काए । कासिगो राबडाले केईरन पोलार्डको विकेट लिदैं आईपिएलमा सर्वाधिक विकेट लिने खेलाडीमा दरिए । उनले १७ खेलमा ३० विकेट लिदैं पर्पल क्याप जिते ।
मुम्बईले यो आईपिएलको पाँचो पटक उपाधि उचाल्दा पहिलो पटक फाईनल पुग्दै उपाधि उचाल्ने सपना भने दिल्लीको पुरा हुन सकेन् । आईपिएलको यो सिजनमा दिल्ली मुम्बईसँग चौथो पटक हार व्यहोर्न पुग्यो । दिल्लीले टस जितेर व्याटिंग गर्दै तेस्रो विकेटको लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ९६ रनको साझेदारी गरेपछि १५६ रनको योगफल तयार पारेको थियो ।

निकै कमजोरस्थितिमा रहेको दिल्लीलाई गर्दै दिल्लीलाई उकास्ने प्रयास गरे । मार्कस स्टोईसिन गोल्डन डक आउट भए । उनी टोरेन्ट बोल्टको बलमा आउट भएपछि दबावमा रहेको दिल्लीले दोस्रो विकेट पनि सस्तैमा गुमायो । ऋषभ पन्त व्याटिंग गर्ने क्रममा ।
अजिंक्य राहाणेलाई २ रनमा गुमाएको पीडालाई शिखर धवनले पनि कम गर्न सकेनन् । धवन पनि १५ रनमा आउट हुदाँ दिल्ली खराब स्थितिबाट माथि उठ्ने प्रयास गर्यो । कप्तान ऐर र ऋषभ पन्तले ९६ रनको साझेदारी गरेपछि दिल्ली सम्हालिएको स्थितिमा पुग्यो ।
पन्तले ५६ रन बनाई आउट हुदाँ दिल्ली सम्मानजनक स्कोर तर्फ अग्रसर रह्यो । ३८ बलमा ४ चौका र ८ हिर्काउँदै फाईनल इनिंग खेले । पन्त र ऐरको बाहेक अन्यको साझेदारी लामो समय टिक्नै सकेन् र्र्। अघिल्ला खेलहरुमा खराब प्रदर्शनको आरोप खेपेका ऐरले कप्तानी इंनिग सम्हाल्ने क्रममा ६५ रन बनाए ।
५० बलमा ६चौका र २ छक्का हिर्काउँदै फाईनलमा व्याटिंग सुधारे । मध्यक्रममा आएका हेटमायर र अक्षर पेटल समेत सस्तैमा आउट भएपछि दिल्लीले ७ विकेटको क्षतिमा १५६ रन बनाउँदै मध्यम लक्ष्य मुम्बई सामु प्रस्तुत गरेको छ । ट्रेन्ट बोल्टले तीन विकेट लिएका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…