
पोखरा रंगशाला
पोखरा-कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ । चैत ११ गते कोरोना कहरको लकडाउनसँगै रंगशाला बन्द भएपछि सबै खेलकुद गतिवधि पूर्ण रुपमा ठप्पै थियो । खेलकुद मात्रै नभई अन्य पनि ठप्प थिए । तर विस्तारै एकपछि अर्को गरी खुल्दै गएपछि खेलकुद गतिविधि सञ्चालन गर्न समेत सरकारले स्वीकृति दिएको छ ।
मंसिर १ गतेदेखि पर्यटन क्षेत्र खुला गर्ने सरकारले सार्वजनिक गरिसकेको छ । पर्यटन क्षेत्रसँगै खेलकुद क्षेत्र पनि चलायमान बनाउन उद्देश्यसहित खुलाउने निर्णय सरकारले गरिसकेको छ ।
‘खेलकुद क्षेत्र खुलाउने बारे क्याविनेट बैठकबाट निर्णय भईसकेको छ’ राष्ट्रिय खेलकुद परिषदका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले भने–‘तर राखेपले भने निर्णय गरिसकेको छैन् ।’ उनका अनुसार राखेपको बैठक गरेर निर्णय गरेपछि सबै रंगशालामा प्रशिक्षणको लागि खुला हुने उनको भनाई थियो ।
थापा कोरोना संक्रमण भएका छन् । घरमै आईलोसेनमा बसेका छन् । परिषदका सदस्य सचिव रमेश सिलवाल राजधानी बाहिर छन् । ‘बैठक बस्न पाएको छैन् । बैठकपछि नै सबैलाई परिपत्र हुन्छ ।’ थापाले सुनाए । प्रशासन विभाग प्रमुख थापाले स्वीकृति लिएका खेलकुदका गतिविधि सञ्चालनमा भने रोकतोक लगाइएको छैन् ।
सरकारको निर्णयसँगै खेलकुद क्षेत्रमा नयाँ उत्साह थपिएको छ । पोखरा रंगशालामा पनि आधिकारिक रुपमा राखेपको परिपत्र नआउँदा अन्यौलता थियो । ‘राखेपबाट खेलकुद खुलाउने विषयमा कुनै पत्र भने प्राप्त भईसकेको छैन्।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘परिपत्र आएपछि खुल्छ । यद्यपी खेलाडीहरुलाई प्रशिक्षण गर्न भने रोक लगाइएको छैन् ।’ तिहार लगत्तै परिपत्र हुने सम्भावना छ ।
तिहारपछि खेलकुदको गतिविधि सक्रिय हुने छ । झण्डै नौ महिनापछि खेलकुद क्षेत्रको गतिविधिसँगै प्रशिक्षण शुरु हुने छ । पोखरा रंगशालामा बास्केटल, भलिबल, व्याडमिन्टन, मार्शल आर्टस तथा टेनिसका खेल गतिविधि भईरहेका छन् । सदस्य सचिव रमेश सिलवालले पोखरामै तीन दिन अघि स्वागत कार्यक्रममा कोरोना कहर बाहेक अन्य कारणले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नरोकिने प्रतिबद्धता जनाईसकेका छन् ।
यसले गर्दा नै खेलकुद गतिविधि चलायमान हुने विश्वास गरिएको छ । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि २७ गतेसम्म नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी छ । खेलाडीको प्रशिक्षणसँगै राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी तयारी बनाउन पनि अत्यावश्यक भईसकेको अवस्थाले रंगशाला खुलाउनुपर्ने दबाव परेको बुझिएको छ । ‘कोरोना कहरकै कारण रोकिए नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिन्छ, अन्य कुनै कारणले रोकिन्न ।’ सिलवालले पोखरामै अभिव्यक्ति दिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…