
पोखरा रंगशाला प्रवेशद्वार
पोखरा-राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश छन् । गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको संघारमा छ । समावेश गरिएका खेलबाट उत्कृष्ट नतिजाको अपेक्षा सबैबाट हुने गर्छ । तर समावेश गरिएका कतिपय खेलका प्रशिक्षक नै छैनन् ।
प्रशिक्षक निवृत्तिभरण(अवकाश) हुदैं गएका छन् । केही हुने क्रममा छन् । प्रशिक्षक नहुदाँ प्रशिक्षणमा प्रभाव पर्दै गएको छ । प्रशिक्षक भएपनि पूर्वाधार र आवश्यक सामाग्रीको अभावमा प्रशिक्षण हुन सकेको छैन् । प्रशिक्षक बन्न एनएस(प्रशिक्षण सम्बन्धीको कोर्ष) गर्नुपर्छ । एसएन कोर्ष गरेका प्रशिक्षक अबकाश हुदैं गएपछि खेलकुदको राजधानीको रुपमा परिचित पोखरा प्रशिक्षक विहीनको संघारमा पुगेको छ ।
‘खेलकुद स्वयसेवक प्रशिक्षकले नै धानेको अवस्था छ । स्वयंसेवक प्रशिक्षक स्वयंसेवकबाटै रिटायर्ड भईसक्छन् कि भन्ने चिन्ता थपिएको छ ।’
केही खेलका प्रशिक्षक मात्रै छन् । प्रशिक्षकहरु स्थायी र अस्थायी छन् । जिल्ला खेलकुद विकास समितिमा अधिकांश अस्थायी प्रशिक्षक छन् । प्रशिक्षक बाहेक रहेका खेल जोगाउने र धान्ने काम भने स्वयंसेवक प्रशिक्षकले गर्दै आएका छन् । स्वयंसेवक प्रशिक्षक पनि रिटायर्ड भएपछि कसले सिकाउँछ भन्ने चिन्तापीर थपिएको छ । प्रशिक्षक स्थायी नियुक्त भनेको खेलकुदमा थकाई मारेको भन्ने मानसिकता बढ्दै गएको छ ।
‘खेलकुद स्वयसेवक प्रशिक्षकले नै धानेको अवस्था छ । स्वयंसेवक प्रशिक्षक स्वयंसेवकबाटै रिटायर्ड भईसक्छन् कि भन्ने चिन्ता थपिएको छ ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘स्वयंसेवक प्रशिक्षकलाई परिषदको स्रोत साधन अनुसार निश्चित समयावधिको लागि प्रशिक्षक नियुक्त गर्नुपर्छ ।’
उनले विदेशमा झैं स्वयंसेवक प्रशिक्षकको प्रदर्शन र उपलब्धीको आधारमा समय लम्ब्याउने र परिषदले बर्खास्त गर्न सक्ने गरी नियुक्त गर्नुपर्नेमा जोडदिएका छन् । ‘सुखद परिणाम नल्याएको अवस्थामा स्वत राजीनामा दिने वा परिषदले बर्खास्त गर्नसक्ने हुनुपर्छ, ’ उनको भनाई थियो–‘कन्ट्रक्यान्ट गरेर राखिनुपर्छ ।’
‘उमेर बुढो हुदैं गएपछि प्रशिक्षण गराउन गाह्रो हुन्छ । त्यसैले युवा जो भर्खर खेलबाट सन्यास लिएका छन् त्यस्ता खेलाडीलाई प्रशिक्षकको जिम्मेवारी दिनुपर्छ’–उनले भने–‘पर्फमेन्स देखाउन नसकेको अवस्थामा हटाउनुपर्छ ।’
राष्ट्रिय खेलकुद परिषदले पनि भएका प्रशिक्षकहरुबाट प्रशिक्षण भएको/नभएको विषयमा अनुगमन गर्न सकेको छैन् । प्रशिक्षण नगराउने प्रशिक्षकलाई कडाई गर्नुपर्ने परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठको जिकिर थियो । ‘सबै प्रशिक्षकले प्रशिक्षण गराएको नगराएको विषयमा अनुगमन गरेर नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ ।’ उनको भनाई थियो ।
बोर्ड सदस्य श्रेष्ठका अनुसार सक्रिय खेलजीवनबाट सन्यास लिएका भर्खरैका खेलाडीहरुलाई प्रशिक्षक बनाउनुपर्छ । खेलाडीलाई प्रशिक्षक बनाउन सकिए प्रभावकारी र पदकको अपेक्षा गर्न सकिने उनले बताए । ‘उमेर बुढो हुदैं गएपछि प्रशिक्षण गराउन गाह्रो हुन्छ । त्यसैले युवा जो भर्खर खेलबाट सन्यास लिएका छन् त्यस्ता खेलाडीलाई प्रशिक्षकको जिम्मेवारी दिनुपर्छ’–उनले भने–‘पर्फमेन्स देखाउन नसकेको अवस्थामा हटाउनुपर्छ ।’
प्रशिक्षक आफैंले खेलाडीलाई देखाएर प्रशिक्षण गराउनुपर्ने अवस्था छ । अहिले प्रशिक्षक भन्दा पनि खेलाडी बढी एडभान्स भईसकेका छन् । पुरानै ढर्रामा रहे प्रशिक्षण गराउने प्रवृत्ति छ । त्यसले पनि खेलकुदको विकास हुन नसकेको उनको भनाई थियो । ‘अस्थायी प्रशिक्षक नियुक्त गर्नुपर्छ’ उनले भने–‘अपेक्षाकृत प्रदर्शन गरे नियुक्तिको समय लम्ब्याउन सकिने व्यवस्था हुनुपर्छ ।’
‘राजनीतिक हावीकै कारण खेलकुदको जग नै कमजोर बनाउने काम भएको छ’उनले भने‘हिजो प्रशिक्षकमा जिम्मेवारी थियो । प्रदर्शनकै आधारमा ग्रेड थपिन्थ्यो ।’
प्रशिक्षकलाई कमजोर बनाउँदा खेलकुदको जग नै कमजोर हुने प्रशिक्षकहरु बताउँछन् । खेलकुदमा बढ्दो राजनीतिकरणले सबैभन्दा बढी प्रभावित प्रशिक्षक हुदैं आएको गुनासो समेत छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराबाट प्रशिक्षण विभाग प्रमुखबाट अवकास प्राप्त विद्या मर्सानीले खेलकुदमा राजनीतिकरणको शिकार भएको जिकिर गरे ।
‘राजनीतिक हावीकै कारण खेलकुदको जग नै कमजोर बनाउने काम भएको छ’ उनले भने–‘हिजो प्रशिक्षकमा जिम्मेवारी थियो । प्रदर्शनकै आधारमा ग्रेड थपिन्थ्यो ।’ खेलकुदमा प्राविधिक नै शून्यता भए खेलकुदको अवस्था दयनीय बन्ने दावी मर्सानीले गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…