
अष्ट्रेलिया व्याटिङ गर्दै
एजेन्सी-अष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसीय खेलमा ६६ रनले पराजित हुदैं सिरिज १-०ले पछि परेको अवस्थालाई उल्ट्याउने लक्ष्यसहित भारतले आज सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय खेल खेल्दै छ ।
प्रारम्भिक व्याट्सम्यानको उत्कृष्ट व्याटिङ नदेखिएपछि अष्ट्रेलिया भ्रमणमा रहेको भारतले पहिलो खेल गुमाउन पुग्यो । दोस्रो खेलमा सुधारिने अपेक्षा गरिएको छ । अष्ट्रेलियाले टस जित्दै व्याटिङ गर्ने निर्णय गरिसकेको छ ।
पहिलो खेलमा भारतीय बलरले ढिलो बलिङ गरेको आरोपमा म्याच फिको २० प्रतिशत जरिवाना लगाइएको छ । आरोन फिन्च र डेविड वार्नरले ओपनिङ शुरु गरेका छन् । । पहिलो खेलमा फिन्च र स्टेभन स्मिथले शतकीय पारी खेलेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…