
डेविड वार्नर ।
एजेन्सी-स्टेभन स्थिमको शतकीय पारीमा अष्ट्रेलियाले भारतलाई ३९० रनको चुनौति प्रस्तुत गरेको छ । भारत विरुद्धको दोस्रो एकदिवसीय खेलमा स्थिमको १०४ को इनिङमा अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ३८९ रनको विशाल लक्ष्य तयार पार्यो ।
ओपनर डेविड वार्नर र कप्तान आरोन फिन्चले पहिलो विकेटको लागि १४२ रनको साझेदारी गर्दै महत्वपूर्ण शुरुवाती गरे । मोहम्मद सामीले कप्तान फिन्चलाई आउट गर्दै साझेदारी टुटाउँदा व्यक्तिगत ६० रनमा खेल्द क्रिज छाड्न पुगे ।
वार्नरलाई पनि श्रेयस ऐयरले रन आउटको शिकार बनाउँदा ८३ रनको इनिङ्स खेले । स्थिमले १४ चौका र २ छक्का हिर्काउँदा रन बटुल्ने प्रयासमा रहदाँ हार्दिक पाण्ड्याले आउट गरे । फिन्चको स्कोरकार्डमा ६ चौका र १ छक्का लेखियो । वार्नरले पनि ७ चौका र ३ छक्का निस्कियो ।
मध्यक्रमका मार्नस लाबसचाग्ने र ग्लेन म्याक्सवेलले पनि अर्धशतकीय पारीको योगदान दिदाँ भारतलाई विशाल लक्ष्य पछ्याउनुपर्यो । मार्नसले ७० र म्याक्सवेलले ६३ रनको योगदान गरे । ओपनिङ र मध्यक्रमले उत्कृष्ट योगदान दिएपछि भारतलाई दोस्रो खेलमा अघिल्लो भन्दा बढी रनको लक्ष्य पछ्याउनुपर्ने बाध्यता रह्यो । पहिलो ओभर नै जसप्रित बुमराहले मेडन ओभर फाल्दै दबाव राख्ने प्रयास गरेपछि पछिल्लो ओभरमा भने रन खान पुगे ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…