
लिब्रोन जेम्स
एजेन्सी-अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिब्रोन जेम्सलाई लसएन्जलस लेकर्सले थप दुई वर्षको लागि सम्झौता गरेको छ । ३६ वर्षिय जेम्सलाई थप दुई सिजनको लागि ८५ मिलियन अमेरिकन डलरमा सम्झौता गरिएको उनका एजेन्ट रिच पाउलले ईएसपिएनसँग बताएका छन् ।
उनले दुईवर्षे सम्झौता टुग्याउँदा ३८ वर्षको लाग्ने छन् । उनले सम्झौता अवधिन २०२२-२३ सम्म लेकर्सबाट खेल्ने छन् । सिजनको पहिलो वर्ष २०२१-२०२२ मा ४१ दशमलव १८५ मिलियन डलर पाउने छन् । दोस्रो वर्षमा उनले ४४ दशमलब ४७४ मिलियन डलर पाउने छन् । सिजन २०२०-२०२१ को लागि उनले ३९ दशमलव २ मिलियन डलर प्राप्त गरेका थिए ।
नेशनल बास्केटल एशोसियसन(एनबीए)ले जेम्सलाई २०२० को मोष्ट भ्यालुएबल प्लेयर्स घोषणा गरेको थियो । मियामी हिटसँगको ६ खेलको प्रतिस्पर्धामा लेकर्सले जित निकालेका थियो । उनी तीन वटा फरक फ्रेन्चाईज क्लबबाट मोष्ट भ्यालुएबल खेलाडीबाट पुरस्कृत हुने पहिलो खेलाडी हुन् । सन २०१२ र १३ मा उनी हिटबाटै उक्त पुरस्कारबाट पुरस्कृत भएका थिए । २०१६ मा भने काभालियर्सबाट अवार्ड प्राप्त गरेका थिए ।
जेम्स अहिले सर्वाधिक स्कोर गर्ने एनबीएको शीर्ष ३ भित्र पर्छन् । उनले करियरमा ३४ हजार २४१ प्वाईन्ट स्कोर गरेको तथ्यांक छ । उनी करिम अब्दुल जाबर भन्दा ४ हजार १४६ प्वाईन्टले पछि छन् । यद्यपी त्यो आँकडा उनले दुईसिजनमा पुरा गर्ने अनुमान समेत गरिएको छ ।
एनबीएको तथ्यांक अनुसार उनी स्कोरको लागि असिष्ट खेलाडीको रुपमा आठौं स्थानमा छन् । ३ प्वाईन्ट हिर्काउने खेलाडीको सुचीमा उनी १५ औं स्थानमा छन् । रिवाउण्ड हिर्काउने खेलाडीको सूचीमा समेत उनको नाम अगाडि नै आउँछ । विपक्षी खेलाडीले बास्केट गर्न खोजेको बललाई ब्लक गर्ने खेलाडीको सूचीमा उनी ११ औं स्थानमा छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…