क्रिकेट प्रतियोगितासँगै पोखरामा खेलकुद गतिविधि फर्किदैं

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित


क्लबस्तरी क्रिकेट

पोखरा-नौ महिनापछि पोखरामा खेलकुद गतिविधि फर्किदैं छ । मंगलबारदेखि क्लबस्तरी क्रिकेट प्रतियोगितासँगै पोखरा रंगशालाभित्र खेलकुदको गतिविधि सक्रिय हुने छ ।

मंगलबारदेखि कास्की जिल्ला क्रिकेट संघको आयोजनामा क्लबस्तरीय छनोट प्रतियोगिता शुरु हुदैं छ । पुसको दोस्रो साता हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि छनोट शुरु हुने छ । चैत ११ गतेपछि कोरोना कहरले शुरुभएको लकडाउनको नौ महिना वितेपछि पहिलो पटक प्रतियोगिताको तयारी गरिएको हो । यसभन्दा अघि कुनैपनि खेलकुद प्रतियोगिता पोखरामा आयोजना भने गरिएको थिएन् ।

छ क्लबले छनोट प्रतियोगिताको सहभागिता जनाएका छन् । माछापुच्छ्रे क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, संग्रिला क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राईजिंग पोखरा क्रिकेट क्लब रहेका छन् ।

आगामाी मंगलबार छनोट प्रतियोगिता अन्तर्गत उदघाटन खेल माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबसँगै प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्दले जानकारी दिए । उनका अनुसार छनोट प्रतियोगिताबाटै कास्की जिल्लाको टिम छनोट गरी प्रदेश छनोटको लागि पठाईने छ ।