
कविराज
काठमाडौं -प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् ।
लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा तेक्वान्दोको लेबल–२ कोर्स पूरा गर्ने लामा एक्लो नेपाली प्रशिक्षक पनि हुन् । यसअघि लामाले गत असोजमा सञ्चालन भएको लेबल–१ परीक्षामा सफलता हात पारेका थिए । लेबल–१ कोर्स लामासँगै आयशा शाक्य र विकेश बिडारीले पनि पूरा गरेका थिए । लेबल–२ कोर्समा सहभागी हुन विश्व तेक्वान्दोले जारी गरेको गाल लाइसेन्स, राष्ट्रिय प्रशिक्षकमा कम्तीमा एक वर्षको अनुभव र वल्र्ड तेक्वान्दोको आयोजनामा भएको कुनै एक प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेको प्रावधान रहेका कारण नेपालबाट कविराज नेगी लामा मात्र सहभागी भएका हुन् ।
लेबल–२ कोर्समा एसियाका १८ राष्ट्रका प्रशिक्षकहरु सहभागी भएका थिए । तीन दिने अनलाइन कोर्समा पारा तेक्वान्दोका विभिन्न विषयमा वल्र्ड तेक्वान्दो फेडरेसनअन्तर्गत पारा कमिटीका उस्मान दिल्दार, चकिर चेल्बाट र नादेज्दा पेट्रोभाले प्रशिक्षण दिएका थिए ।सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उतीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन् ।
वल्र्ड तेक्वान्दो फेडरेसनको नयाँ नियम अनुसार हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकमा सहभागी हुन अनिवार्य रुपमा अन्तर्राष्ट्रिय पारा कोर्स उतीर्ण हुनुपर्ने प्रावधान छ । जस अनुसार वल्र्ड तेक्वान्दोको स्वीकृतीमा हुने जी–१ र जी–२ जस्ता क्षेत्रीय स्तरका प्रतियोगिताका लागि लेबल–१, एसियन गेम्सलगायतका अन्य महादेशीय प्रतियोगिताका लागि लेबल–२ र वल्र्ड च्याम्पियनसिप तथा पारा ओलम्पिकका लागि लेबल–३ गरेको हुनुपर्नेछ । वल्र्ड तेक्वान्दोले यो नियम सन् २०२१ देखि लागु गरिने जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…