
अनलाइन तेक्वान्दो च्याम्पियनसिप
काठमाडौं– सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्पm विभिन्न उमेर समूहमा पदक जितेका हुन् ।
सन्दीपा र सन्जीबले दुई पदक जित्दा राजु र प्रेमकुमारले १÷१ पदक जितेका थिए । सन्दीपाले महिला ३० वर्षमुनि र सन्जीबले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोट्र्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए । सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक जित्दा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भइन् । डिनाले ५.८३३ अंक र सन्दीपाले ५.६६७ अंक प्राप्त गरेकी थिइन् ।
यसै उमेरसमूूहमा अमेरिकाकै डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन् । स्पोट्र्स पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिन् । यस विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो हुँदा फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएकी थिइन् । सन्जीब नेपालीले भने स्पोट्र्स पुम्से र ट्रेडिसनल पुम्से दुवैमा रजत पदक जितेका थिए । उनले स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । ट्रेडिसनल पुम्सेमा भने उनी फिलिपिन्सका क्रिस्टि मघिरासँग पछि पर्दा दोस्रोमा खुम्चिए । मघिराले ५.९० अंक र सन्जीबले ५.८६अंक ल्याएका थिए ।
त्यसैगरी नेपालका राजुु नगरकोटीले ५० वर्षमुनि स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल कांस्य पदकमै सीमित भए । यस विधामा पहिलो भएका अमेरिकन खेलाडी एन्ड्रयु एसिसले ६.१० अंक र राजुले ५.४० अंक ल्याएका थिए । प्रेमकुमारले भने ५.१०० अंक ल्याए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…