
पोखरा रंगशाला क्रिकेट मैदानमा प्रदेश छनोट क्रिकेट प्रतियोगिताको उदघाटन सम्बोधन गर्दै । तस्बिर धन
पोखरा-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा अब खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा विकास हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको लागि प्रदेश छनोट प्रतियोगिताको शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन गर्दै सदस्य सचिव सिलवालले पोखरा क्रिकेटको केन्द्र बन्दे गएको उल्लेख गरे । ‘पोखरा खेलाडी उत्पादनको कारखाना बन्नुपर्छ’ उनले भने–‘सम्भावना बोकेको क्षेत्र क्रिकेट हो । अन्तराष्ट्रियस्तरको मैदान छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’
नेपाली क्रिकेटले दुई दिन अघि मात्रै क्रिकेट प्रशिक्षक प्राप्त गरेको बताउँदै उनले अब नेपाली क्रिकेटले छलाङ मार्ने विश्वास क्यानले लिएको स्पष्ट पारे । प्रदेशमा समेत प्रशिक्षक नियुक्त गरेर क्रिकेटको विकास र विस्तारमा नयाँ आयाम थपिने उनको भनाई थियो ।
अहिले १० वटा क्रिकेट रंगशाला निर्माण भईरहेको प्रशंग उठाउँदै सदस्य सचिव सिलवालले सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने लक्ष्यसहित अघि बढिएको दावी गरे । ‘खेलकुदको विकासको लागि ग्रास रुटका कार्यक्रम, अफिसियल प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्दै छौं’ उनले भने–‘यसले खेलकुदमा छलाङ मार्छ भन्ने विश्वास हामीले लिएका छौं ।’
कारोना कहरले नेपाली खेलकुदको क्यालेण्डर नै विग्रिएको जिकिर गरे । उनले कोरोनाले क्यालेण्डर परिवर्तन गर्नुपर्ने बताउँदै नेपाली क्रिकेटले सिरिज मात्रै होईन टेष्ट खेल्ने तर्फ ध्यानदिनुपर्नेमा जोड दिए । उनले पोखरा–३३ को पशुपतिघाटमा बन्ने तयारीमा रहेको प्रदेश अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर समेत तयार भएको सुनाए । १ अर्ब ३५ करोड रुपैयाँ लागतमा मैदान बन्ने डिपिआरमा उल्लेख छ ।
बिहीबार पोखरा आएका सदस्य सचिवले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगता तोकिएको मितिमा आयोजना गर्न नसकिने स्पष्ट पारेका थिए । विभिन्न जिल्लाका संघहरुका राय सुझाव माग गरिरहेकै बेला सदस्य सचिवले तोकिएको मितिमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको सम्भावना नरहेको बताएका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन २०–२७ सम् मगर्ने निर्णय गरिएको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा नेपालगन्जबाट नवौंको लागि गण्डकी प्रदेशले झण्डा ल्याएको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…