
काठमाडाैं । शहीद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबार क्लबका पदाधिकारीलाई बोलाएर चैत १ गतेदेखि सी डिभिजनका खेल सुरु हुने जानकारी गराएको छ ।
गएको वर्ष रोकिएको लिग यो वर्ष सुरु गर्न आफूहरु पनि तयार रहेको क्लबका पदाधिकारीले बताएका छन् । तयारीको लागि एन्फाले हरेक क्लबलाई नौ लाख रुपैयाँका दरले रकम दिनेछ । फिफा र एएफसीले जारी गरेका मापदण्ड अपनाएर खेल सञ्चालन हुने एन्फाले जनाएको छ ।
कोरोनाका कारण गएको वर्ष रोकिएका खेल सञ्चालन गर्न धमाधम तयारी थालेको एन्फाले बुधबार (हिजो) मात्रै फागुन ११ गतेदेखि बी डिभिजन लिग सुरु गर्ने घोषणा गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…