
प्लेयर अफ दि म्याच सुष्मिता भुजेल ।
दाङ- दाङको लमहीमाजारी महिलाप्रधानमन्त्रीकप टि- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवातगर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो ।
खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्तलक्ष्यलाई १६.१ ओभरमामात्र १ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको सहजजितमागीतागोसाईले सर्वाधिक २३ रनको योगदानगरिन् । अविजित रहेकीउनले ४२ बलको सामनागर्दै २ चौकासहितउक्त रन बनाएकीथिइन् । यस्तै टिमका लागि सरस्वती घर्ति मगरले २२ रन बनाइन् ।
११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता गौतमको बलमा आउट हुन् पुगेकी उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामनागर्दै १ चौका समेत प्रहार गरिन् ।
यस्तै टिमकी कप्तान नेरी थापाले पनिअविजित रहदै १५ रनको योगदानगरिन् । त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ७विकेट गुमाएर ७७ रन मात्रबनाएको थियो ।
प्रदेश २ कालागिओपनर ब्याटर अनुराधाचौधरी र सनाप्रविनले समान २१-२१ रन बनाएकाथिए ।त्यस्तै विमला मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो ।
बलिङतर्फ लुम्बिनीप्रदेशका सुष्मिताभुषालले सर्वाधिक ४ विकेट हातपारिन् यस्तै कप्तान नेरी थापा , स्वतिकाबजगाइ र गीतागोसाईले पनि १/१ विकेट लिएकाथिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…