
कुराकानी गर्दै एपीएफका खेलाडीहरु ।
दाङ- दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेताको हैसियतले सेमिफाइनल पुगेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो । अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उप –विजेता सँग खेल्नेछ । लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग पुस १८ गते खेल्नेछ ।
एपीएफले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सिमित हुन् पुग्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीको दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १(१ हात पारे । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
एपिएफले मध्यम योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय ज्योती पाण्डे र राजमती एरीले ठोस सुरुवात दिलाएका थिए । त्यस क्रममा यी दुई बीच ४४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।
८।३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी राजमतीले २५ बलको सामना गर्दै ११ रन बनाइन् । राजमती आउट भएपछि ज्योतीलाई साथ दिन इन्दु वर्मा मैदान आएकी थिइन् । जस अन्तर्गत यी दुईबीच दोस्रो विकेटका लागि ६६ रनको साझेदारी हुन् पुगेको थियो ।
१७।४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन् । त्यसपछि ज्योती ४९ रन बनाएर आउट हुन् पुगिन् । अर्धशतक बनाउनमा मात्र १ रनले चुकेकी ज्योतीले उक्त रन बनाउने क्रममा ५४ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगर र सोनु खड्काले अविजित रहदै क्रमशः १० र २ रन बनाए ।
बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । भने कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट हात पार्न सफल भईन् । मंगलबार देखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछ । जस अन्तर्गत दिनको पहिलो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशको सामना गर्दा दिनको दोस्रो खेलमा बागमतीले प्रदेश १ को सामना गर्नेछ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…