अरुणा शाहीलाई जिताउन मैत्रीपूर्ण भलिबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २४ गते २०७७ मा प्रकाशित


नेपाल भुतपुर्व खेलाडी मन्च पोखराले पिपुल्स च्वाईस अवार्डमा मनोनित अरुणा शाहीलाई जिताउन आर्थिक सहयोग गर्दै ।

पोखरा-एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाईस अवार्डमा मनोनित भएकी नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई जिताउन आज पोखरामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना हुदैं छ ।

मैत्रीपूर्ण भलिबल प्रतियोगिताबाट आर्थिक संकलन गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जनाए । उनले दुई दिन प्रतियोगिता आयोजना गरेर बचत रकम अरुणा शाही जिताउ अभियानलाई हस्तान्तरण गरिने छ । लक्ष्य ५ लाख रुपैयाँ उठाउने छ । दुई दिने प्रतियोगिताबाट दुईलाख रुपैयाँ बचत गर्ने विश्वास कास्की जिल्ला भलिबल संघले लिएको छ ।
कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको संयुक्त प्रयासमा पोखरा रंगशाला शुक्रबार र शनिबार मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने छ । प्रतियोगितामा कास्की, स्याङजा, पर्वत, बाग्लुङ र नवलपुरले प्रतिस्पर्धा गर्ने छन् । शनिबार भने न्यु डायमन्डको टोलीसँग पोखराको टिमले प्रतिस्पर्धा गर्ने छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले यही पुस २८ गते एनएसजेएफ स्पोर्टस अवार्डको लागि केही समय अघि नै पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गर्दै भोटिङ शुरु गरिएको थियो । सर्वाधिक भोट पाउने खेलाडी पिपुल्स च्वाईस अवार्डबाट पुरस्कृत हुने छन् ।

भोटिङकै आधारमा पिपुल्स च्वाईस गर्ने अभियानकै कारण पोखरामा अरुणा शाहीलाई जिताउन आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको थियो । विभिन्न संघसंस्थाले आर्थिक सहयोग संकलन गर्दै भोटिङ शुरु गरिएको छ । कप्तान शाहीलाई जिताउने अभियानमा साथ दिन नेपाल भुतपुर्व खेलाडी मञ्चले आर्थिक सहयोग गरेको छ । मञ्चका अध्यक्ष तेज गुरुङले अरुणालाई मञ्चका तर्फबाट नगद १० हजार प्रदान गरेका थिए ।

अरुणा कास्की जिल्ला खेलकुद विकास समितिले प्रदान गरेको उत्कृष्ट खेलाडीबाट पुरस्कृत भईसकेकी हुन् । उनी खेलकुद पत्रकार मन्च कास्कीले समेत आयोजना गरेको स्पोर्टस अवार्डबाट उष्कृष्ट महिला खेलाडीबाट समेत सम्मानित भईसकेकी छन् ।