
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ।
एकसाता अघि जन्मस्थान दैलेख पुगेका शाहीको आइतबार राति मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित शाही केही समयअघिदेखि सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए ।
शाही सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा शाही नेपाली राष्ट्रिय टिमको सदस्य थिए।
शाहीलाई नेपाली फुटबल जगतमा उत्कृष्ट गोलकिपरमा मानिन्छ ।
शाही सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव समेत बनेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…