
शनिबार पोखरा रंगशालामा अरुणा शाहीलाई नगदसहित सम्मान गरिदैं।
पोखरा- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाईस अवार्डबाट सम्मानित नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई शनिबार पोखरामा सम्मान गरिएको छ ।
जिल्ला तथा क्षेत्रीय भलिबल संघ तथा ज्ञानुबाबा आवासिय विद्यालयले उनलाई सम्मान गरेको हो ।शाहीलाई जिताउन केही दिन अघि मात्रै जिल्ला तथा क्षेत्रीय भलिबल संघले पोखरामा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आर्थिक सहयोग जुटाईएको थियो । कास्कीसहित बाग्लुङ , पर्वत, स्याङ तथा नवलपुर जिल्लाको सहभागिता रहेको थियो ।
न्यु डायमण्ड तथा शसस्त्र प्रहरी बलको महिला भलिबल बीच प्रतिस्पर्धा गराइएको थियो । मैत्रीपूर्ण भलिबल प्रतियोगिताबाट संकलित रकमबाट शाहीलाई जिताउन भोटिङ समेत गरिएको थियो । शनिबार आयव्यय सार्वजनिक गर्दै बचत रकम समेत शाहीलाई हस्तान्तरण गरिएको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…