
महिला लिग फुटबल ।
काठमाडौं-आगामी माघ ७ गतेदेखि दशरथ रंगशालामा महिला लिग फुटबल प्रतियोगिता शुरु हुदैं छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा महिला लिग फुटबल प्रतियोगिताको उदघाटन खेल दुई विभागीय टोली बीचको प्रतिस्पर्धासँग शुरु हुने छ । शनिबार सार्वजनिक गरिएको खेल तालिका अनुसार उदघाटन खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने छ ।

आगामी २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ७ टोलीको प्रतिस्पर्धा रहने छ । तीन विभागीय टोली आर्मी, नेपाल पुलिस र शसस्त्र प्रहरी बलसँगै चौदण्डीगढी नगरपालिका उदयपुर, विराटनगरपालिका महानगरपालिका, वालिङ नगरपालिका र चन्द्रापुर नगरपालिका रौतहटको सहभागिता रहेको छ ।
विजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उदघाटन खेलपछिका सबै खेल भने एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…