
फुटबल एकेडेमी सञ्चालन गर्न नेपाल पुलिस क्लब र अखिल नेपाल फुटबल संघ(एन्फा) बीच सम्झौता
काठमाडौं- फुटबल एकेडेमी सञ्चालन गर्न नेपाल पुलिस क्लब र अखिल नेपाल फुटबल संघ(एन्फा) बीच सम्झौता भएको छ । काभ्रेको साँगामा रहेको नेपाल प्रहरी स्कुलमा एकेडेमी संचालनको लागि एन्फा र पुलिस बीच आइतबार सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरीका एआईजी निरजबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल प्रहरी स्कुलका ७ विद्यार्थी सहित एन्फाले छनोट गरेका गरी २१ विद्यार्थीलाई एकेडेमीमा भर्ना गरिनेछ । सम्झौता अनुसार एन्फाले चार वर्षसम्म एकेडेमीलाई टेक्निकल सहयोग गर्नुपर्नेछ । यस्तै एन्फाले दुई वर्षका लागि खेलाडीहरू प्रदान गर्नेछ र खेल उपकरणहरू समेत प्रदान गर्नुपर्नेछ ।
कार्यक्रममा एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, उपेन्द्रमान सिंह, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य हरि खड्का, लिग कमिटी संयोजक विज्ञान राज शर्मा लगायतको उपस्थिती रहेको थियो । एसियाली फुटबल महासंघ ९एएफसी०को कार्यक्रम अनुसार पुलिस क्लबले एकेडेमी संचालनमा ल्याउन लागेको हो । यस अघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एएफसीको मापदण्ड पुरा गरेसँग एएफसी लाईसेन्स प्राप्त गरेको थियो । जसमा एकेडेमी पनि रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…