
एन्फाको १९औं साधारण सभा
काठमाडाैं, माघ ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा जारी छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा विहानबाट जारी रहेकाे छ ।
साधारण सभामा विभिन्न एजेन्डा माथि छलफल हुँदैछन् । कंग्रेसकाे उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङले गरे । कोरोना भाईरसको महामारीको कारण एन्फाको साधारण सभा पटक पटक स्थगित हुँदै आईरहेको थियाे ।
यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । जोशीले अनुमति ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारण सभामा प्रस्तुत गर्ने छन् ।
त्यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्नेछ । साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…