
काठमान्डाैं, माघ ७ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।
नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहाेरेका छन् ।
यस्तै, आज प्रदेश १ र त्रिभुवन आर्मी क्लब मुलपानी क्रिकेट मैदानमा खेल्ने छन् । अहिलेसम्म दुई खेल खेलेको आर्मी दुवैमा जित निकाल्दै समूह ए को शीर्ष स्थानमा छ ।
प्रदेश १ भने दुवै खेलमा पराजित भएको छ । प्रतियोगितामा आज हुने दुवै समूहका खेल बिहान ९ बजे हुने छन् । हिजोको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…