
पोखराको मैदानमा प्रशिक्षण गर्दै फुटबल टिम । तस्बिर उमेश पुन ।
पोखरा-कतार विश्वकप २२ र चीनमा हुने एसियन कपको छनोट खेल अन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेईसँग खेल्ने छ । तीनै खेल नेपालले आफनो होम ग्राउण्डमा खेल्ने छ ।
होम ग्राउण्डमा हुने प्रतिस्पर्धाको लागि नेपाली टोली प्रशिक्षणमा व्यस्त छ । पोखरामा शुक्रबारदेखि प्रशिक्षणमा रहेको टोलीको अन्तिम छनोट भईसकेको छैन् । ३५ सदस्यीय खेलाडी टोली र ९ सदस्यीयअफिसियल टोली यतिबेला पोखरा रंगशालामा प्रशिक्षणमा व्यस्त रहेको छ ।
प्रशिक्षक बालगोपाल महर्जनका अनुसार माघ २१ गतेसम्म प्रशिक्षण चल्ने प्रशिक्षक महर्जनले जानकारी दिए । पोखरामा प्रशिक्षण गराउँदा खेलाडीमा नयाँ उत्साह थपिने र बातावरण पनि शान्त रहेकोले प्रशिक्षणमा उर्जा थपिने प्रशिक्षक महर्जनले सुनाए । उनले खेलाडी सन्तुष्ट हुँदा त्यसको प्रभाव परिणाममा देखिने जिकिर गरे ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनपनि पोखराजस्तो सुन्दर नगरीमा रहेको पोखरा रंगशालाको प्राकृतिक खेल मैदानमा अभ्यास गर्न पाउँदा खेलाडीहरु उत्साहित रहेको दावी गरे । प्रशिक्षणमा रहेको खेलाडीहरुलाई भने नयाँ टिमसँग खेलेर एक्सपोज हुन नपाएको गुनासो छ । खेलाडीलाई एक्सपोजर म्याचको खाँचो भएपनि त्यो पोखरामा भने सम्भव नभएकोले चिन्तित देखिएका छन् । खेलमा परिणाम नै ल्याउने हो भने एक्सपोजर म्याच धेरै भन्दा धेरै गर्नुपर्छ,‘ प्रशिक्षक महर्जनको भनाई थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…