म्यान अफ दि म्याच ।
काठमाडौं-प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ । मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूर पीश्चमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमको एक खेल भन अझै बाँकी छ ।
सजह जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४।४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७।४ ओभरमा सबै विकेटले गुमाएर मात्र ६२ रन जोड्न सक्यो । यस्तै नारायण जोशीले सर्वाधिक १७ रन जोड्दा कप्तान सन्तोष भट्टले ११ रनको योगदान गरे । तीन खेलाडी शून्यमा पवेलियन फर्किँदा केही ब्याट्स १० भित्र समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । अनिल खरेल र बिक्रम भुसालले २/२ विकेट लिए । जितसंगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ ।
लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश–२ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा पुलिसलाई ७४ रनको नतिजा सुम्पिएका थियो । लगातार तीन खेलमा पराजय भोगेको सुदूरपश्चिम यस अघि बागमती प्रदेश र पुलिससँग पराजित भएको थियो ।

पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…