सुदूरपश्चिमको सान्त्वना जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७७ मा प्रकाशित


सुदूरपश्चिमको सान्तोवना जित

काठमाडौं प्रदेश–२ माथि ३ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तोवना जित निकालेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको त्रिवि मैदानमा प्रदेश–२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूर पश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर भेटाउँदै प्रतियोगितामा सान्तोवना जित निकालेको हो । यस अघि सम्पन्न तीन खेल मध्ये तीन खेलमा नतिजा सुम्पिएको थियो एक खेल अगावै बाहिरिएको सुदूर पश्चिमसँगै पराजित प्रदेश २ पनि प्रतियोगिताबाट बाहिरिएको छ । तीन खेल खेलेको प्रदेश २ ले तीन खेल खेल्दा तालिकामा अंक जोड्न सकेको छैन । यद्यपी प्रदेश २ एक खेल पुलिससँग बाँकी रहेको छ ।

४ विकेट गुमाउँदा ४ रन आवश्यक रहेको अवस्थामा सुदूरपश्चिमले तीन विकेट गुमाउँदा मुस्किल जित निकालेको हो । सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान खडक बोहोराले ४३ रन, गजेन्द्र बोहोराले ३९, अरुण ऐरीले १९ रन र अर्जुन साउद ७ रनमा पवेलियन फर्किए । प्रदेश–२ का कुमार थापाले ३ विकेट लिए । यस्तै हरिशंकर साहले २ तथा विवेक यादव र रबि शाहको नाममा १/१ विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४२ ओभर सबै विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । हरिशंकर शाहले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा विवेक यादवले ४१, महबुब आलमले २३, राहुल प्रताप सिंह १२ रनमा पवेलियन फर्किदा कुमार थापा ११ रनमा नटआउट रहे । सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३/३ विकेट लिए । अरुण ऐरीको नाममा २ विकेट रह्यो ।