
नेपाल राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलाडी संघ
काठमाडौं-नेपाल राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले आगामी फागुन ८ गते एनएनआइपिए स्पोर्टस अवार्ड गर्ने जनाएको छ । मध्यपुर ठिमी नगरपालिकामा आयोजना गरिने छ ।
अवार्डमा यस पटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थपिएको छ । विधालाई स्काई ब्रान्ड नेपालले प्रायोजना गरेको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ष्ठले जानकारी दिए । पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ । एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार प्रदान गरिनेछ । पुरस्कारलाई ग्लोबल आईएमई बैंकले प्रायोजन गर्दै आएको छ । प्रतिभावानमहिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनलाई हेरेर सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँप्राप्त गर्नेछन् । अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलाडी समेटिएको अध्यक्ष श्रेष्ठले बताए । सागमा समावेश २६ खेलका भविष्यमाउत्कृष्ट प्रदर्शन गर्ने सम्भावना देखिएका एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अफदिइयर अवार्ड प्रदान गरिनेछ ।
सोही अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराजजोशी आदर्श खेलाडी र १ जना खेलकुद पत्रकार वा खेलकुदफोटो पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत प्रदानगरिनेछ । संघको सिफारिसमा उत्कृष्ट घोषित हुने खेलाडीबाहेक अन्य िवधाको विजेताका लागि एनएनआईपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा छनोट समितिले चयनगर्नेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…