
ब्याटिङ गर्ने प्रयास गर्दै एपीएफका खेलाडी ।
काठमाडौं-साविक विजेता नेपाल पुलिसको चुनौतिलाई पन्छाउँदै एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यलायको मैदानमा बुधबारको पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो । उपाधि प्रतिस्पर्धाका लागि अन्तिम दुईमा स्थान बनाएको एपिएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।
एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सक्यो । पुलिसका लागि पर्वन सरार्फले सर्वाधिक ४० रनको योगदान गर्दा, राशिद खानले ३४, दिपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए ।

पुलिसलाई सस्तैमा समेट्न भुवन काकीले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए आ–आफ्नो नाममा लेखाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । सुरुआती ब्याट्सम्यानले गतिलो स्कोर नगरे पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गरेका थिए ।
एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन जोड्दा, भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए । सुवास खकुरेल र कमल ऐरीले समान १९-१९ रन बनाए । कप्तान शरद भेषवाकरले १८ रन जोडेर पवेलियन फर्किदा । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे । पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए । बुधबारको जितसँगै एपिएफ जारी प्रतियोगितामा अपराजित रहँदै अन्तिम दुईमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख पाउने छ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्ने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…