
आर्मीको प्रहार रोक्ने प्रयास गर्दै रौतहटकी गोलकिपर ।
काठमाडौं- शर्मिला थापा र रश्मी गुरुङले चार-चार गोल गरेपछि महिला राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली चन्द्रपुर नगरपालिका रौतहटमाथि रवाफिलो जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित निकालेको हो । आर्मीले तेस्रो मिनेटमा विमला चौधरीको गोलबाट खाता खोलेको थियो । १५औं मिनेटमा शर्मिला थापाले पहिलो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन ।

मोफसलको टोली चन्द्रपुरमाथि हावी भएको आर्मीका लागि शर्मिलाले ३५औं मिनेटमा गोल थप्दै अग्रता तेब्बर पारिन् । एक तर्फी जस्तो देखिएको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सपना लामाले गोल गर्दा आर्मीले पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो ।
फराकिलो अग्रता बनाइसकेको आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सक्यो । ५१औं मिनेटमा शर्मिलाले ह्याट्रिक गर्दा रश्मिले टोलीका लागि ५९औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन् । त्यसको तीन मिनेट पछि रश्मिले व्यक्तिगत दोस्रो गोल थप्दा ६४औं मिनेटमा शर्मिलाले चन्द्रपुर विरुद्ध एक्लैले चार पु¥याइन । त्यसपछि ६६औं मिनेटमा रश्मीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ८४औं मिनेटमा थप गोल गर्दा रश्मिको व्यक्तिगत गोल संख्या चार पुग्यो । बाँकी समयमा थप गोल हुन सकेन र आर्मीले रवाफिलो जित निकाल्न सफल भयो ।

फराकिलो जित निकालेको आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलबाट ७ अंक जोड्दा पराजित चन्द्रपुरले समान ४ खेलबाट ३ अंक जोडेको छ ।प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल विराटनर महानगरपालिका मोरङ र चौदण्डीगढी नगरपालिका उदयपुर तथा दोस्रो खेल वालिङ नगरपालिका स्याङ्जा र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…