
माछापुच्छ्रे एकेडेमीले बक्स क्रिकेट
पोखरा-माछापुच्छ्रे क्रिकेट एकेडेमीले बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
फागुनबाट संचालनमा आउन लागेको एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केही नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा फालिएको छक्का भने आउटमा गनिने छ । फागुन १ गते देखि ४ गते सम्म लेखनाथ–२७ स्थित माछापुच्छ्रे क्रिकेट एकेडेमीमा संचालन हुने एकेडेमीका संचालक अरुण पौडेलले जानकारी दिए ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा एकेडेमी संचालन र प्रतियोगिताबारे जानकारी दिर्दै गण्डकी प्रदेशका खेलाडी एवम् एकेडेमीका प्रशिक्षक दीपेश खत्रीले नेपालमा ब्याट्म्यान र ग्राउन्ड खेलाडी उत्पादनको लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड सट खेलाडीको अभाव रहेको र एकेडेमीले सोहि अनुसारको खेलाडी उत्पादन गर्नका लागि आयोजना गर्न लागको प्रतियोगिता एकेडेमीको वार्षिक क्यालेन्डरमा समेत राखिने बताए ।
‘हामीले पहिले नदीपुरमा सिकाउँदा लेखनाथ भिमाद देखि समेत खेलाडी आउने गर्थेँ । टाढा टाढाबाट आउने र लेखनाथका खेलाडी समेत धेरै थिए त्यसैले पनि लेखनाथमा खोलेका हौँ’ उनले भने । यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले खेलनाथले समेत खेलकुदमा भुमिका खोज्दै छ भन्ने प्रमाणित गरेको बताए । कास्कीमा धेरै एकेडेमी खोलेपनि निरन्तरता दिएको स्मरण गर्दै उनले संचालनमा आउन लागेको एकेडेमी भने निरन्तर संचालनमा ल्याउन शुभकामना व्यक्त गरे । एकेडेमी सञ्चालन गर्न आर्थिकभार हुने हुदाँ खेलाडी उत्पादनमा समेत समस्या आउने गरेको उनले बताए ।
प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको उनले आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैँयाका साथमा ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुई हजार पाँच सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता संचालन गर्न करिब डेढलाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…