
आईपिएलमा प्राक्टिस गर्दै सन्दीप लामिछाने ।
पोखरा-भारतीय फ्रेन्चाईच क्रिकेट लिग(इण्डियन प्रिमियर लिग) सिजन २०२१ मा आठ नेपाली क्रिकेटर अक्सनमा समावेश भएका छन् । नेपाली क्रिकेट संघले अक्सनमा पठाएको नाम सार्वजनिक गरेको हो ।
आईपिएलको लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दिपेन्द्र सिंघ ऐरीको नाम अक्सनमा पठाइएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
लामिछाने तीन सिजन आईपिएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सबाट तीन सिजन विताईसकेका छन् । उनले गत सिजन भने बेन्चमै बसेर विताएका थिए । दुई सिजनमा उनले १३ विकेट लिएको थिए ।सन्दीपलाई अहिले दिल्लीले रिलिज गरिसकेको छ ।
कुशल मल्ल, सोमपाल र करण केसी भने टी-१० लिगमा विभिन्न क्लबबाट सहभागि छन् । नेपाली क्रिकेटरले पनि अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेटमा समावेश भएसँगै क्रिकेटप्रतिको उत्साह अझै बढेको छ । आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । सोही अनुरुप नेपाल क्रिकेट संघले आठ खेलाडीको नाम अक्सनको लागि पठाएको हो । आईपिएलको अक्सनमा कुल १ हजार ९७ जना खेलाडीको नाम दर्ताए गरिएको छ । ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेको समेत जनाइर्एको छ ।
अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएट २७ मध्ये नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् । आइपिएल अक्सनमा ६१ खेलाडी विक्ने छन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाईने प्रावधान छ । जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् ।
एसोसिएटबाट सर्वाधिक ९ खेलाडी यूएईका छन् । टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । स्कटल्यान्डबाट ७, युएईबाट ९ र अमेरिकाबाट २ खेलाडी अक्सनमा छन् । सबैभन्दा बढी वेस्टइन्डिजबाट ५६ का खेलाडी छन् । त्यसैगरी अष्ट्रेलियाबाट ४२, अफगानिस्तानबाट ३०, बंगलादेश ५, इंग्ल्यान्ड २१, न्युजिल्यान्ड २९, दक्षिण अफ्रिका ३८, श्रीलंका ३१,आयरल्यान्ड २ र नेदरल्यान्ड्सबाट एक खेलाडी अक्सनमा समावेश छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…