
क्लब च्याम्पियनसिप भलिबल
पोखरा-गण्डकी प्रदेशले नेपाल आर्मी विरुद्ध पुनरागमन जित निकाल्दा विभागीय डर्बीको प्रतिस्पर्धामा भने शसस्त्र प्रहरीले बाजी मारेको छ । शसस्त्र प्रहरीले नेपाल पुलिस क्लबलाई पराजित गर्न पाँचै सेटमा संघर्ष गर्नुपरेको थियो ।
टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित महिला तथा पुरुष टाईगर कप क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता अन्तर्गत बुधबार पुरुषको दोस्रो खेलमा शसस्त्र प्रहरीले जित निकाल्न पाँचै सेट खेल्न पुग्यो । पहिलो दुई सेट लिएर जित्ने लक्ष्य बुनेको शसस्त्र भने तेस्रो र चौथो सेट गुमाएपछि खेल निर्णायक सेटमा पुग्यो ।
पहिलो सेट २७–२५ मा लिएको शसस्त्रले दोस्रो सेट २५–२० मा लिएर २–० को अग्रता लियो । तेस्रो सेट जितेर सोझो सेटको नजिता निकाल्ने योजनालाई नेपाल पुलिस क्लबले रोकिदियो । तेस्रो सेट नेपाल पुलिस क्लबले शसस्त्रलाई २५–१९ मा पन्छाउँदै खेलमा फर्कियो । चौथो सेट भने पुलिसलाई निकै सहज भयो । २५–९ मै हारपछि शसस्त्रले जित निकाल्न अन्तिम सेटसम्म कुर्नुपर्यो । अन्तिम तथा निर्णायक सेट भने १५–१०ले आफनो पक्षमा पार्दै शसस्त्रले जितको खुशी मनायो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…