सर्वाधिक पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७७ मा प्रकाशित


प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन खेल्दै प्रतिस्पर्धी ।

चितवन-प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ चितवनमा बुधबारदेखि सुरु भएको छ । बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले उदघाटन गरेका थिए । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला तथा अन्य क्लबगरी २५२ खेलाडीहरुले सहभागिता जनाएका छन् ।

एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार रासीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ मा दोहोरो जित निकाल्न सफल भएका छन् । चन्दले छात्र यु १७ तर्फ गुल्मीका मनोज पोदारलाई २१-१३, २१-१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दल् पुरुष एकलमा काठमाण्डौका भबिश थापालाई २१-९, २४-२२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।

चितवनमा आयोजित प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ ब्याडमिन्टन ईतिहासमानै सर्वाधिक पुरस्कार राशको प्रतियोगिता रहेको छ । महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गर्नेछन् ।

करिव ४० लाख लागत रहेको प्रतियोगितामा राष्ट्रिय बरियताका २० भित्रका खेलाडी विचको युगल प्रतिस्पर्धामा बिजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८/८ हजार प्राप्त गरेको छ । बरियतामा २० देखि बाहेकका बिजयी खेलाडीहरुले ५० हजार, दोश्रोले २७ हजार र तेश्रोले ७ । ७ हजार प्राप्त गर्नेछन् । यु–१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गर्नेछन् । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ७ । ७ हजार प्राप्त गर्नेछन् । अन्य स्पर्धाका बिजयी खेलाडीहरुले स्पर्धा अनुसारको ६० हजार देखि ३० हजारसम्मको पुरस्कार राश प्राप्त गर्ने आयोजकले जनाएका छन् ।