हिमालसँग रत्नजित पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३० गते २०७७ मा प्रकाशित


प्रधानमन्त्री कप व्याडमिन्टन ।

चितवन-नेपाल नं।१ खेलाडी रत्नजित तामाङ्ग पराजित भएका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका तामाङ्ग २१-१६, १३-२१, १२-२१ ले पराजित भएका हुन् ।

पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको रत्नले बताए । पुरुष एकलमा जोड दिंदा अझ बढि चोट ब्यहोर्नु पर्ने भएकाले पुरुष युगलका लागि आफुलाई सुरक्षित राखेको हो तामाङ्गले बताए ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका प्रिन्स दाहाल, भोजपुरका पूर्व नंम्बर एक खेलाडी बिकास श्रेष्ठ, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन र एपिएफका दीपेश धामी रहेका छन् ।

यु १७ ब्वाईज तर्फ सेनाका भोज बहादुर गुरुङ्ग, दाङ्गका हिमांशु कवार मगर, कपिलबस्तुका रोहित बराल, सेनाका आयुष्मान नागरी, दाङ्गका सुरज गुप्ता, सेनाका हिमाल चन्द, कंचनपुरका बिवेक चौधरी र सुर्खेतका नरेन्द बामले पनि अन्तिम ८ मा स्थान बनाए ।

राष्ट्रिय बरियताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । यस्तै साईनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र ईन्द्र महताको जोडी, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी, कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्का, एपिएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका बिश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोजबहादुर गुरुङ्ग र दीवस शंकर जोडी पनि क्वाटरफाईनल प्रवेश गरेका छन् । क्वाटरफाईनलको खेल आजै हुने र सेमिफाईनल तथा फाईनल खेल भोलि शनिबार फागुन १ गते हुने छ ।