
नेपाल प्रहरी विरुद्ध स्पाईक गर्दै शसस्त्र प्रहरी बलकी खेलाडी ।
पोखरा-लिगचरणमै हार व्यहोको शसस्त्र प्रहरी बल शनिबार पोखराको भलिबल कोर्टमा नेपाल पुलिससँग फेरी एकपटक पराजित हुदैं उपाधिविहीन यात्रा टुग्याएको छ । टाईगर ग्रुपको आयोजनामा सञ्चालित ‘टाईगर कप क्लब च्याम्पियनसिप भलिबल’ प्रतियोगिताको महिला तर्फको उपाधि नेपाल पुलिस क्लबले जित्दै पोखराबाट इतिहास रच्दा शसस्त्र प्रहरीबल उपविजेतामा चित्त बुझाउन बाध्य भयो । पोखराको रंगशालाको भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शसस्त्र नेपाल प्रहरीसँग दोहोरो हार व्यहोर्ने विभागीय टोली बन्यो ।
नेपाल पुलिस क्लबले टाईगर कपको उपाधि शसस्त्रलाई सोझै सेट पराजित गर्दै चुम्यो । पहिलो सेट २५–२३ मा लिएको पुलिसले दोस्रो सेट पनि शसस्त्र प्रहरीको निकै कडा चुनौति भने भोग्नुपरेन् । लिग चरणमै शसस्त्र प्रहरी नेपाल पुलिस क्लबसँगै पराजित हुदैं फाईनलमा बदला लिने लक्ष्य बनाएपनि सफल भने हुन सकेन् । विभागीय डर्बी प्रतिस्पर्धामा दोस्रो सेट पनि पुलिसले शसस्त्रलाई २५–२२ मै लिएर उपाधि निकट पुग्यो । शसस्त्रलाई बराबरी गर्न दुई सेट जित्नुपर्ने दबाव रह्यो । दबावमै रहेको शसस्त्रलाई तेस्रो सेटको प्रतिस्पर्धामा पनि २५–२१ ले लिदैं पुलिसले शसस्त्र प्रहरी बलको महिला भलिबलमा रहेको एकछत्र राजलाई पोखराको कोर्टबाट हटाउँदै नयाँ इतिहास लेखिदियो ।
न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दैै शसस्त्र प्रहरी फाईनलको यात्रा तय गरेको थियो । न्यु डायमण्डसँग पराजित भएको पुलिसले भने शसस्त्र प्रहरीलाई लिग चरणमै पराजित गरेर अगाडि बढेको थियो । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले फाईनल सुरक्षित बनाएको थियो । विजेता पुलिसले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता शसस्त्र प्रहरी बलले ७५ हजार, तेस्रो हुने न्यु डायमण्डले ३५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार १५ हजार राशी आर्मीले प्राप्त गर्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…