
बाग्लुङ र म्याग्दी बीचको प्रतिस्पर्धा ।
पोखरा-मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तर्फ म्याग्दीले तनहुँ र पर्वतले कास्कीसँग फाईनल प्रवेश गर्नको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ भने स्याङजाले पर्वतसँग र तनहुँले म्याग्दीसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो । महिला तर्फ म्याग्दीले स्याङजामाथि २५–५, २८–२६ को सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । त्यसैगरी तनहँुले पनि हिमालपारीको जिल्ला मुस्ताङलाई सोझो सेटमा पराजित गर्ने क्रममा २५–८, २५–९ को नजिता निकाल्यो ।
पर्वतले नवलपुरमाथि पनि सोझै सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । पहिलो सेट २५–८, २५–५ को सेटमा पराजित गरेको थियो । कास्कीले बाग्लुङमाथि कठिन जित निकाल्यो । पहिलो सेट १९–२५ मा गुमाएको कास्कीले दोस्रो र तेस्रो सेट भने आफनो पक्षमा पार्दै अन्तिम चार ढुक्क बनायो । दोस्रो सेट २५–२३ मा लिएको थियो । अन्तिम सेट भने २५–१८ ले लिद ैं सेमीफाईनल सुरक्षित बनाएको थियो ।
बिहीबार भएको प्रतिस्पर्धामा स्याङजाले बाग्लुङलाई २५–२० र दोस्रो सेट २७–२५ ले पराजित गर्दै सेमीफाईनल प्रवेश गर्यो । त्यसैगरी म्याग्दीले कास्कीमाथि २५–१९, २५–१२ को सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । नवलपुरमाथि तनहुँले २५–१८, २५–२०ले पराजित गरेको थियो । पर्वतले भने वाक ओभर पाउँदै अन्तिम चारमा सुरक्षित रह्यो । गोरखाको अनुपस्थितिमा पर्वत भाग्यमानी बन्यो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…